आफ्नै घरको छतबाट लडेर कञ्चनपुरमा एक व्यवसायीकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 09 | 04:22 pm 103

कञ्चनपुर, भदाै २४: आफ्नै घरको छतबाट लडेर कञ्चनपुरका यातायात व्यवसायी केशव जोशीको मृत्‍यु भएको छ। मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका पवनदुत यातायातका पूर्व-वरिष्ठ उपाध्यक्ष जोशीको उपचारका क्रममा मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दिएकाे जानकारी अनुसार छतबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका क्रममा धनगढीकाे माया मेट्रो अस्पतालमा  गएराति नै मृत्यु भएको बताए।अहिले उनको शव महाकाली अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरीक्षक थापाले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.