आपत्कालीन अवतरणका क्रममा विमानमा आगो लाग्दा ४१ यात्रुको मृत्यु

| 2019 May 06 | 08:36 am 73

काठमाडौँ, वैशाख २३: (एजेन्सी) रूसमा आपत्कालीन अवतरणका क्रममा विमानमा आगो लाग्दा ४१ यात्रुको मृत्यु भएको छ । विमानमा समस्या देखिएपछि मस्को विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।

अवतरणको क्रममा नै विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । विमानमा चालक दलका ५ जनासहित ७८ जना यात्रु सवार रहेका थिए । ३७ जना जिवित रहेको र केही घाइते भएको बताइएको छ ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको जनाइएको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको छ । राष्ट्रपति पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा आइरहेका भिडियोमा यात्रुहरु विमानको आपतकालीन् ढोकाबाट निस्केर भागिरहेका छन् । भिडियोमा विमान अवतरण भइरहेको र कालो धूवाँ फालिरहेको देखिन्छ । सुखोइ सुपरजेट १ सय विमान मस्कोको शेरमियतएभो विमननस्थलबाट मारमास्कको लागि उडान भरिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.