आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी : उपराष्ट्रपति

| 2021 Nov 25 | 07:39 am 97

ललितपुर, मङ्सिर ९ः उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रूपान्तरणको आधार सहकारी क्षेत्र भएको बताएका छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने उनको भनाइ छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घद्वारा बुधबार आयोजित चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिए । उनले भने, “सहकारीप्रति विश्वास बढ्दै छ, सहकारीले सदस्यको जीवन बदल्न सक्नुपर्छ । ”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताइन् । उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउनुपर्ने उनको भनाइ छ ।

सहकारी विभागका रजिस्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिएको जानकारी दिए । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती, ललितपुर जिल्ला बचत सङ्घका अध्यक्ष रामहरि बजगाईंलगायतले बोलेका थिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.