आठौं लिगल सेमिनार सम्पन्न

रिपोर्ट नेपाल | 2019 Sep 20 | 09:48 am 57

काठमाडौं, असोज ३: भदौ ३० गतेदेखि असोज २ गतेसम्म जंगी अड्‍डामा संचालन भएको आठौं लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रमको बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रम प्रधानसेनापति पूर्णचन्द्र थापाले समापन गरेका हुन्।

प्रधानसेनापति थापाले सेमिनारमा सम्वोधन गर्दै संक्रमणकालिन न्यायिक संयन्त्र, वैज्ञानिक अनुसन्धान पद्धती, कानूनी मस्यौदाको नीति, सिद्दान्त र व्यवहार, राष्ट्रिय सुरक्षा नीति अवधारणा र दुष्कृति सम्बन्धी कानून तथा न्यायसँग सम्बन्धित विविध विषयवस्तुहरुमा सो क्षेत्रका विषय विज्ञहरुबाट प्राप्त भएका प्रस्तुतीकरण तथा छलफल र अन्तरक्रिया कार्यक्रमले प्राड अधिकृत तथा पदिकहरुको पेशागत दक्षता अभिवृद्वि भई कार्यमा सहजता र एकरुपता कायम हुनेमा विश्वास व्यक्त गरेका थिए।

सम्वोधनकै क्रममा संक्रमणकालिन न्याय सम्बन्धी स्थापित मूल्य मान्यतालाई मध्यनजर राखी संक्रमणकालिन न्याय व्यवस्थालाई टुङ्गोमा पुर्‍याउनको लागि प्राड विवाकले समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारीको लागि तयार रहनका साथै यस सेमिनारबाट प्राप्त भएका थप ज्ञान तथा अनुभवहरुलाई संस्थागत हितको लागि प्रयोग गरि सांगठनिक सुदृढीकरणको लागि महत्वपूर्ण योगदान दिन समेत निर्देशन दिएका थिए ।

नेपाली सेनाका सबै पृतना हेडक्वाटर तथा बाहिनी अड्‍डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरु सम्मिलित उक्त सेमिनारमा विषयविज्ञ विष्णु सापकोटा तथा केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक पशुपति कुमार रायले समेत प्रस्तुतीकरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.