आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्यो

रिपोर्ट नेपाल | 2020 Jan 06 | 05:10 pm 43

काठमाडौं, पुस २१ : सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ । यो हालसम्मकै सुनको मूल्यको उच्चतम बिन्दु हो । शुक्रबार प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवार ७५ हजार ५ सय कायम रहेको थियो ।

यस्तै सोमबार तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ भने चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ। महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.