आज चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै

रिपोर्ट नेपाल | 2022 May 08 | 10:35 am 213

काठमाडौं, बैशाख २५ः नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो।

सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ। सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल, सुरेन्द्र पाण्डे लगायतका केन्द्रीय नेताहरु र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सम्बोधन गर्नेछन्।

भरतपुरमा एमालेले राप्रपासंग चुनावी तालमेल गरेको छ। एमालेले प्रमुख पदमा विजय सुवेदीलाई उठाएको छ भने, राप्रपाबाट हिमला गुरुङले उपप्रमुखमा उम्मेदवारी दिएकी छन्। यसअघि सत्ता गठबन्धनले भरतपुरमा आमसभा गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.