आजको राशिफल : मंसिर २४ गते, मंगलबार

| 2019 Dec 10 | 07:44 am 174

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गशुक्ल पक्ष । तिथि त्रयोदशी,०८ घडी १९ पला,बिहान १० बजेर ११ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,५९ घडी ०२ पला । योग शिब,२६ घडी २४ पला,बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त सिद्ध । करण तैतिल,बिहान १० बजेर ११ मिनेट उप्रान्त गर,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा गद योग । चन्द्रराशि मेष,बिहान ११ बजेर ३३ मिनेट उप्रान्त वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५६ पला । मानव अधिकार दिवस।

मेष (चू,चे,चो, ला,लि,लू,ले,लो,अ) आफन्त साथिभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यावसाय फस्टाएर जानेछ भने बिशेष गरि होटल तथा रेष्टुरेन्टमा लगानि गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पतित पत्निबित एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्ययम रहेकोले अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैकिङ क्षेत्रमा लगानि गरि आम्दानि बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नया प्रकृतिको काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नया ठाउबाट प्रेम प्रस्ताब आउनेछ । ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले शुभ तथा मांंगलिक कार्यहरु थाती राख्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानि बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच बिश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) महिला मित्र तथा बिपरित लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढिनै उत्साहित हुदा नराम्र घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यावसायिक यात्रा हुने भएपनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । सांगठनिक टिम निर्माण गरि काम गरिएपनि एक अर्काको बिचार नमिल्दा केहि दिनको लागि काम बन्द हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिने तथा जीवन साथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यावसायमा लगानि बढाउदा मनग्गे लाभ हुनेछ । पढाई लेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम गरि मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यावसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडाराई अगाडि बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.