आगलागीमा परी सप्तरीमा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Apr 15 | 05:15 pm 305

सप्तरी, बैशाख २ः जिल्लाको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आगलागीमा परी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शत्रुधन यादवको आठ वर्षीय छोरा शैलेश कुमार यादव रहेका छन् ।

स्थानीय प्रत्यक्षदर्शी जितेन्द्र साहका अनुसार शुक्रबार करिब ३ बजेतिर आगलागी भएको थियो । उनका अनुसार आगलागीमा परी बालकको मृत्यु भएको हो । बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा अचानक आगो सल्किएको आफूहरुले देखेको उनले बताए ।

फुसको गोठ हुँदै पक्की घरमा आगो सल्किसकेको र नियन्त्रणमा ढिलाई भएकोले घरभित्र रहेका बालकको ज्यान गएको हो । क्षति विवरण ऐकिन गर्न नसकिएपनि लाखौँको धनमालको क्षति भएको सप्तरी प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

आगालागीमा परी ज्यान गुमाएका शैलेशको बुवा भने विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएकी बेला बालक भने कसरी एकाएक आगोको चपेटमा आयो ? के कारणले आगलागी भयो भन्ने ऐकिन गर्न नसकिएको स्थानीय धनकिशोर साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.