आगलागीबाट चार घर नष्ट

रिपोर्ट नेपाल | 2019 Aug 13 | 06:23 pm 25

सप्तरी, साउन २८ : सप्तरीको दक्षिणी भेगमा रहेको तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुरामा आज दिउँसो आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । तिलाठी कोइलाडी–२ सकरपुराका महनथी मुख्याको घरमा आगलागी हुँदा निजका तीन घर जलेका छन् भने देवीलाल मुख्याको एउटा घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।

आगलागीबाट घरभित्र रहेको खाद्यान्न, अन्नपात, भाडाकुँडा, लत्ताकपडा, टेबल, कुर्सी तथा फर्निचरलगायत नगद जिन्सी गरी करीब रु दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । खाना पकाउने क्रममा आगलागी भएको थियो ।

आगोलाई स्थानीयवासी हनुमाननगरबाट गएको बरुणयन्त्र तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिए । यसैबीच आगलागी भएको ठाउँमा तत्काल राहत पु¥याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.