आईपीएल : सन्दीपले विकेट

रिपोर्ट नेपाल | 2019 Apr 07 | 06:05 pm 57

काठमाडौं, २४ चैत (एजेन्सी) : इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानले रोयल च्लायेन्जर्स बेंगलोरको मोहन अलिको महत्वपूर्ण विकेट लिएको छ । बैंग्लोरको एम च्यान्नास्वामी स्टेडियम जारी खेलमा सन्दीपले बैंग्लोरका लागि विस्फोटक बलिङ गरिरहेका मोइन अलीको १४.३ ओभरमा विकेट लिएका हुन्।

सन्दीपले व्यक्तिगत तेस्रो ओभरको तेस्रो ओभरमा अलीलाई विकेट किपर ऋशब पन्तबाट स्टपिङ गराएका थिए। १८ बल खेलेका अलीले १ चौका र ३ छक्का प्रहार गरे।

उनले सुरुवाती ३ ओभरमा २७ रन खर्चिदा १ विकेट हात पारेका हुन् । सन्दीपलाई दिल्लीले १० औं ओभरमा बलिङ गर्न ल्याएको थियो । मार्कस स्टोइनिसले पहलो बलमै स्टेटमा छक्का प्रहार गरे । दोस्रो बल डट गराउँदा तेस्रो बलमा स्टोइसनिसले १ रन लिदै कप्तान विराट कोहलीलाई स्ट्राईक दिए । अन्य तीन बलमा सन्दीपले तीन रन खर्चिए । सम्रगमा १० रन यस ओभरमा खर्चिए ।

१२ औं ओभरमा सन्दीपले ६ रन खर्चिए तर विकेट लिन सकेनन् । कोहलीले पहिलो,तेस्रो र पाँचौ तथा अलीले दोस्रो,चौथो र छैटौं बलमा ११ गरि सिंगल रन जोडे ।

१५ ओभरको पहिलो बलमा अलीले सन्दीपलाई छक्का प्रहार गरे । सन्दीपले दोस्रो बल डट गराउँदा तेसा्रे बलमा विकेटकीपर ऋषव पन्तबाट स्टम्पिङ आउट गराउँदै आफ्नो नाममा १ विकेट लेखाए । चौथो बलमा अक्षदिपले चौका प्रहार गरे । पाँचौ बल डट गराउँदा छैटौं बलमा १ रन खर्चिए ।

योसँगै यस सिजनको आइपीएलमा चौथो खेल खेल्दै सन्दीपले ५ विकेट लिइसकेका छन्। यसअघि दिल्लीबाट सन्दीपले तीन खेल खेल्दै ४ विकेट लिइसकेका छन्।

कोलकता नाइट राइडर्शविरुद्धको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका थिए भने किंग्स एलेभेन पन्जाबविरुद्ध दुई तथा सनराइजर्स हैदरावादविरुद्ध पनि एक विकेट लिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.