आँधीहुरीले फेरि तर्सायाे कैलाली र कञ्चनपुरमा

रिपोर्ट नेपाल | 2019 Jun 12 | 08:49 am 69

काठमाडाैं, जेठ २९:  बुधबार बिहानैदेखि कैलाली र कञ्चनपुरमा फेरि आँधीहुरीले विताण्ड सुरु गरेकाे छ ।

अचानक आँधीबेहरीसँगै वर्षा सुरु भएपछि जनजीवन कष्टकर भएको जिल्ला प्रहरी कार्यालये कैलालीले जनाएको छ। गत बिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए ।

बिहीबारको हुरीका कारण घरबारबिहिन भएकाहरु फेरि हुरी चलेपछि बिचल्लीमा परेका छन् । साथै  कैलालीका हुरी पीडितहरुले अहिलेसम्म राहत पाउन सकिरहेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.