अस्पतालमा गाेली चल्दा पाँचकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 18 | 02:59 pm 62

काठमाडाैं–(एजेन्सी) पाकिस्तानकाे पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र गोली प्रहारमा हुँदा पाँच जनाको मृत्यु भएको छ । पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच झडप हुँदा गोली चलाइएकाे थियाे ।

सोमबार अबेर राती जिल्ला प्रमुखकार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विबाद चुलिएपछि गोली प्रहार भएको थियो । सो क्रममा चार जनाको घटना स्थलमै र एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको जानकारी प्राप्त भएकाे छ।

घाइतेहरुमा थप तीन जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.