काठमाडौं, असोज ३०ः नेपाली दर्शकलाई विगत लामो समयदेखि हास्यव्यांग्य विद्याबाट मनोरञ्जन दिँदै आएका सुलेमान शंकर (इकु)ले फेरि एउटा गीत मार्फत श्रोता दर्शकलाई धमकेदार प्रस्तुति पस्केका छन् ।
लामो समयलको विश्रामपछि सांगितिक क्षेत्रमा जोडिन आएका इकुले अष्ट्रेलिया जाउली माया नामको गीतबाट श्रोतालाई मनोरञ्जन दिन खोजेका छन् ।
इकुले थुप्रै सिरियल र रंगमंञ्चबाट जति मानोरञ्जन दिएका छन् त्यो भन्दा बढी समाजसेवामा समेत सकृय छन् ।
इकुले मुलमानीमा आश्रम चलाएर थुप्रै असहाय बालबालिकाको उद्धार समेत गरेका छन् । कलाकारिताको माध्ययबाट आम नेपालीलाई हसाउँदै आएका इकुले समाजसेवामा थुप्रै असहाय र निमुखा टुहुरा बालबालिकाको ओठमा मुस्कान ल्याईदिएका छन् ।
अष्ट्रेलिया जाउली माया गीतमा स्वर दिल विश्वकर्मा र मेलिना राईको रहेको छ । कात्तिक ५ गतेदेखि श्रोता माझ आउने उक्त गीतको लेखन प्रकाश न्यौपानेले गरेका हुन् ।
गीतलाई बजारमा ल्योउने क्रममा डाइरेक्टर मुस्कान ढकाल, म्युजिक तीलक बस्नेत, एरेन्ज र मिक्सिङ रमेश सेन्चुरी, कोरियो ग्राफिक्स सुरेन्दै बसेल, डिजाइनर कुसुम बुटिका, सम्पादन विकाश दाहाल, प्रोडक्सन प्रबन्धक दिपेन गौतम, सहयोगी माधव शर्मा र विकाश प्रसाईले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।