काठमाडौं, साउन १६ः सामाजिक संजाल फेसबुक मर्फता अश्लिल फोटो तथा विभिन्न सामाग्री पठाउने एक जनालाई ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका ८ घर भई हाल कामनपा १६ बालाजु बस्ने ३८ वर्षीय सविनराज मिश्र रहेका छन् ।
मिश्रले भानु नगरपालिका बस्ने १३ वर्षीया नाबालिका नाम परिवर्तित कखगको फोटो प्रयोग गरी फेक फेसबुक आईडी बनाई अश्लिल फोटो तथा सन्देशहरु उक्त बालिकाको दिदी तथा आफन्तलाई पठाएका थिए ।
अश्लिल फोटो र सन्देश पठाएको फेसबुकको आधारमा सिआइबी कार्यालयमा परेको निवेदनमाथि अनुसन्धान गर्दा मिश्र उक्त कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको हो ।
मिश्रलाई सीआईबीले बिहीबार पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंमा पेश गरी सोही मितिबाट लागूहुने गरी सात दिनको म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
पक्राउ परेका मिश्र यस अघि २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा सम्मनित जिल्ला अदालत काठमाडौंबाट १ लाख धरौटीमा छुटेका थिए ।