अव थप १९ जिल्लाले एसपी पाउने

रिपोर्ट नेपाल | 2019 May 15 | 08:57 am 117

काठमाडौं, जेठ १: गृहमन्त्रालयले १९ वटा पहाडी जिल्लामा प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी बनाएर खटाउने तयारी गरेको बुझिएको छ । काठमाडौं र ललितपुर जिल्लामा यस अघि एसएसपीको दरबन्दी कायम गरी सकिएको छ भने चालिस जिल्लामा एसपीको दरबन्दी रहेको छ ।

३५ जिल्लामा प्रहरी नायब उपरीक्षक (डिएसपी) ले कमाण्ड गरिरहेका छन् । बढ्दो सुरक्षा दृष्टिलाई मध्येनजर राख्दै थप १९ जिल्लामा एसपी पठाउने तयारी रहेको गृहस्रोतले बताएको छ । यसरी एसपी पठाउने जिल्ला प्रशासन कार्यालयमा पनि सह–सचिव प्रमुख जिल्ला अधिकारी बनाइने भएका छन् ।

एसपी पठाउने पहाडी जिल्लामा डडेल्धुरा, दैलेख, संखुवासभा, रामेछाप, पर्वत, सल्यान, अर्घाखाँची, पाँचथर, अछाम, बैतडी, प्युठान, दोलखा, ओखलढुङ्गा, भोजपुर र जुम्ला लगायतका जिल्ला रहेका छन् । यस अघि तीन निर्वाचन क्षेत्र भएका स्थानमा एसपी खटाउने तयारी भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.