अवैध लागूऔषध सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 18 | 05:10 pm 281

कैलाली, बैशाख ५ः टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध १५ ट्याब्लेट प्रोक्सिवेल, ८ ट्याब्लेट स्पास्मो प्रोक्सिभोन र ३ ट्याब्लेट नाइट्राभेट सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय करण पुन मगरलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ भन्सार गेट छेउबाट नियन्त्रित लागूऔषध ६ एम्पुल डाइजेपाम, ६ एम्पुल फेनारगन र ६ एम्पुल लुपिजेसिक सहित बिर्तामोड नगरपालिका-५ बस्ने २८ वर्षीय सोम बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकँडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा, ७० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रिब्दिकोट गाउँपालिका-४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.