अवैध लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 17 | 04:37 pm 41

कैलाली, जेठ ४ः अवैध लागूऔषध ब्राउन सुगरसहित कैलालीमा प्रहरीले दुईजना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरी रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर बरामद गरेको जानकारी दिएकाे छ ।

सुरजकै घरमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने गाेप्य सूचनाका आधारमा घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणका ब्राउन सुगर भेट्टाइएको प्रहरीले जनाएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.