अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 06 | 04:27 pm 79

बारा, असार २२ः जितपुरसिमरा उपमहानगरपालिका १४ दुधौरा पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित एक जनालाई प्रहरीे पक्राउ गरेको छ ।

उक्राउ पर्नेमा सोही उपमहानगरपालिका ८ गम्हरगावा टोल बस्ने ६० वर्षीय बासदेव महतो रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महतो उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी बारा, जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलिया र आमाडारको दुधौरा खोलास्थितबाट अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित सोही उपमहानगरपालिका ८ लोसण्डा बस्ने २८ वर्षीय पचु पासवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्सा, पटेरवा सुगौली गाउँपालिका १ सोनबर्षा बस्ने २८ वर्षीय किसुन मण्डललाई अवैध लागूऔषध गाँजा करिब २३ किलो सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रङ्गपुर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.