अवैध लागूऔषधसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 16 | 09:56 am 46

सर्लाही, भदौ ३१ः मंगलबार सर्लाहीको बागमति नगरपालिका ११ पेट्रोल पम्पस्थितबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ का २७ वर्षीय अन्तरे भन्ने बुद्धिमान गोले रहेका छन् ।

प्रनानि मोहनमणी कटुवालको कमाण्डमा खटिएको टोलीले सिन्धुलीबाट सर्लाही तर्फ आउदै गरेका पैदल यात्रामा रहेका उनले बोकी ल्याएको २ वटा जेब्रा झोलालाई शंका लागी चेक जाँच गर्दा झोला भित्र प्लाष्टिकको बोरामा लागूऔषध गाँजा करिब ३ किलो ३ सय ग्राम फेला पारी नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखिएको बताइएको छ ।

त्यसैगरी सर्लाहीकै बागमति नगरपालिका ११ झुलुङे पुलबाट पनि अवैध लागूऔषध गाँजासहित सिन्धुली हरिहरपुरगढी गाउँपालिका ६ का २३ वर्षीय सुबाष जिम्बालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीलाई शंका लागि उनले बोकी ल्याएको रातो झोलालाई चेक जाँच गर्दा झोला भित्र प्लाष्टिकको बोरामा गाँजा करिब२ किलो ८ सय ५० ग्राम फेला पारी नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.