अवैध लागूऔषधसहित तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 17 | 03:19 pm 34

सर्लाही, कात्तिक १ः अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका ९ रामनगरका १८ वर्षीय सुसान्त चौधरी, २० वर्षीय अमृत कुमार साह र २१ वर्षीय रामप्रवेश साह रहेका छन् ।

उनलीहरुलाई शुक्रबार सर्लाही चन्द्रनगर गाउँपालिका ३ चक्रघाटा स्थित प्रहरी सहायक निरीक्षक सोनेलाल साहको कमाण्डमा खटिएको चेकिङ टोलिले पक्राउ गरेको हो ।

ना १७ प १२२९ नम्बरको स्पेलेण्डर मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेकजाच गर्दा पलास्टिकको झोलामा लुकाई छिपाई राखेको नाईट्रोभेट १ हजार २ सय ट्याबलेट फेला परी मोटरसाइकल र मानिस सहित नियन्त्रणमा लिई प्रहरी चौकी मोहनपुरमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.