अवैध रुपमा गाईगोरु तस्करी गर्ने एक भारतीयसहित पाँच प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Jan 09 | 08:52 am 71

झापा, पुस २४ः गाईगोरु तस्करीमा संलग्न रहेको आरोपमा एक भारतीयसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाह्रदर्शी ४ का ४२ वर्षीय चन्दन टुडु, सोही गाउँपालिकाका ४८ वर्षीय साहिर आलम, २३ वर्षीय हमिदुल मिया, ३३ वर्षीय विजय मुर्मु र भारत विहार राज्यस्थित जिल्ला किसनगञ्ज इट्टाभट्टाका १८ वर्षीय मोहम्मद शववीर रहेका छन् ।

उनीहरुलाई राजगढ र भद्रपुरबाट २४ वटा गाईगोरुसहित पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोलीले बाह्रदशी र कचनकवल गाउँपालिकास्थित भागुडुब्बा नाकाबाट भारततर्फ लैजाने लागेका २० वटा गोरुसहित त्यस्तै टोलीले भद्रपुर ३ डागीबारी स्थितमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ४ वटा गाईसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

गाईगोरुसहित पक्राउ परेका पाँच जनालाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने जनाइएको छ।

झापा प्रहरीले पछिल्लो समयमा गाई–गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिए पनि तस्करहरूले प्रहरीलाई चुनौती दिँदै अहिले घैलाडुब्बामा गाईगोरु ल्याएर राख्‍ने र त्यहाँबाट जिल्लाका विभिन्न नाकामा पठाउन थालेको स्रोतको दाबी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.