अवैध भारतीय रूपैंया सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 01 | 01:49 pm 52

दाङ, मंसिर १५: अवैध भारतीय रुपैंयासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उप महानगरपालिका वडा नं १२ रतनपुर टिकरीका बिशाल भन्ने गोकर्ण वहादुर बिक रहेका छन् ।

उनले भारत हरियाना राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु काम गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको प्रहरीले जानकारी दिए ।

उनको साथबाट भारतीय मुद्राः ५ सय दरका १८ थान ९ लाख, २ सय दरका १५ सय ९९ थान ३ लाख १९ हजार, १ सय दरका १५ सय ९९ थान १ लाख ५९ हजार ९ सय, ५० दरका २ सय थान १० हजार र १० दरका १ सय ४७ थान १ हजाुर ४ सय ७० गरी जम्मा .१३ लाख ९१ हजार १ सय ७० बरमद गरिएको प्रहरीले जनाए ।

त्यसैगरी नेपाली रूपैंयामा सटाईएकोः ५ सय दरका १ सय थान ५० हजार र १ हजार दरका २७ थान २७ हजार गरी जम्मा ७७ हजार दरका नेपाली रूपौंया सहित निजलाई पक्राऊ गरी आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.