अवैध भन्सार छलिको चिनी बरामद

रिपोर्ट नेपाल | 2022 Apr 23 | 08:06 am 333

नेपालगञ्ज, बैशाख १०ः भारतबाट भन्सार छलेर ल्याउन लागिएको चिनी बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरा चिनी नेपालगञ्जस्थित बीपी चोकमा खटिएको वडा प्रहरी कार्यालयको प्रहरी टोलीले बरामद गरेको बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार भन्सार छलेर ल्याइएको सो चिनीसहित चार बोरा सुर्तीसमेत बरामद गरिएको छ । प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.