अवैध गाँजा फडानी

रिपोर्ट नेपाल | 2020 Nov 19 | 09:11 pm 74

धनकुटा, मंसिर ४ः प्रहरीले अवैध रूपमा उम्रिएको अवैध लागूऔषध गाँजा फडानी गरेको छ ।

बिहीबार प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठको कमाण्डमा खटिएको २९ जनाको प्रहरी गस्ती टोलीले धनकुटा जिल्लाको शहिदभूमी गाउँपालिका तथा पाख्रिवास नगरपालिका १० स्थित रहेको दामसिङ गैरी टोल, चुम्बाङ लगायत स्थानका गाँजा फडानी गरेको बताइएको छ ।

करिब २ सय रोपनी क्षेत्रफलको जग्गामा रहेको अवैध गाँजा फडानी गरी नष्ट गरेको धनकुटा प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.