सर्लाही, पुस २९ः मंगलबार सर्लाहीकाे ईश्वरपुर नगरपालिका १३ स्थित रेलवे फाँटको बाटोमा दुई जनालाई लागूऔषध गाँजसहित प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मोहत्तरी गौशाला नगरपालिका ३ का ५० वर्षीय नवल किशोर साह र मोटरसाइकल पछाडी सवार निजकै श्रीमति बर्ष ४० की उर्मीला देबी साह रहेकी छन् ।
बिशेष सुराकीको आधारमा प्रहरी चौकी गौरिशंकरबाट प्रहरी सहायक निरीक्षक बौलेश्वर प्रसाद यादबको कमाण्डमा ४ जनाको टोली खटीगई चेक जाँच गर्ने क्रममा फुलजोरबाट मोहत्तरी तर्फ जाँदै गरेको ज.११प.७९७१ नं.को TVS मोटरसाइकललाई रोकी चेक जाँच गर्दा बिचमा राखेको हरियो कलरको झोला चेक जाँच गर्दा, उक्त झोला भित्र २ प्याकेट करिब १० किलाे गाँजा बरामत गरी चालक र निजको श्रीमती सहित नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिई यस चौकीमा ल्याई राखेकोमा थप अनुसन्धानको लागि तालुक ईलाका प्रहरी कार्यालय केशरगंजमा पठाईएको सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुंवरले बताए ।