अल कायदाका दक्षिण एशिया प्रमुख मारिए

रिपोर्ट नेपाल | 2019 Oct 09 | 08:59 am 55

एजेन्सी, २२ असोज : अफिगानिस्तान गुप्तचार संस्थाले गत महिना अमेरिका अफगानिस्तानको संयुक्त सैनिक कारवाहीमा अल कायदाका दक्षिण एशिया प्रमुख मारिएको जनाएको छ ।

सेप्टेम्बर २३ मा अफगानिस्तानको हेलमान प्रान्तस्थित एक घरमा गरेको कारवाहीमा असिम उमार मारिएको बताएको हो । सो कारवाहीमा करिब ४० जना सर्वसाधारण मारिएका थिए ।

अल कायदा र अमेरिकाले भने उमारका मृत्युको पुष्टि गरेको छैन । तर तालिवानका एक नेताले समाचार अस्वीकार गरेका छन् । ती नेताले शत्रुले अतिरञ्जनायुक्त प्रचार भन्दै अस्वीकार गरेको छ । सो आक्रमणमा सर्वसाधारण मात्रै मारिएको तालिवानले जनाएको छ ।

अफगान गुप्तचार निकायले उमारको भन्दै केही फोटो समेत सार्वजनिक गरेको छ । सो कारवाहीमा उमारसहित ६ जना अलकायदाका सदस्य मारिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.