अर्घाखाँचीमा जिप दुर्घटना तीनको मृत्यु, दुई घाइते

| 2019 Nov 06 | 11:07 am 110

अर्घाखाँची, कात्तिक २०: बुधबार सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गर्दा गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.