अमेरिकामा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 05 | 09:09 am 93

काठमाडाैं, भदाै १९: मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ। जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका थिए। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा भने घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेकाे जनाइएकाे छ।

प्रभाशको अवस्था स्थिर छ भने बालककाे अवस्था चिन्ताजनक रहेकाे बुझिएकाे छ । प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए।

उनले गाडी बत्तिमा रोकेका बेला पछाडी बाट टोयोटाको पिकअप ट्रकले हानेको थियो । श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा।

पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन् । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको बुझिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.