अमेरिकामा गाेली चल्दा दुईकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 21 | 10:13 pm 43

असोज ४, (एजेन्सी) शनिबार राति अमेरिकी राज्य साउथ क्यारोलिनामा गोली चल्दा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्।

अमेरिकाकाे स्थानीय समय अनुसार रातको २:४५ मिनेटको समयमासाउथ क्यारोलिनाको लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा आपसी विवादपछि गोली चलेको प्रारम्भिक जानकारी प्राप्त भएकाे छ ।

घटनामा अन्य नौ जना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीहरूले जनाएका छन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई हेलिकोप्टरमार्फत नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको बताइएकाे छ। गोली क्लबभित्र र क्लब परिसर बाहिरसमेत चलेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.