अमेरिकामा अन्धाधुन्द गाेली प्रहार, पाँचकाे मृत्यु २१ घाइते

रिपोर्ट नेपाल | 2019 Sep 01 | 12:53 pm 70

काठमाडाैं, भदाै १५: अमेरिकाको टेक्सास राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएकाे छ भने अन्य २१ जना घाईते भएका छन् ।

टेक्ससको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ ।

एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ ।

चार हप्ता अघि पनि अमेरिकामा भएको गोलिकाण्डमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.