काठमाडौं मंसिर २० : २०७१ साल असार २३ गते बिवाह बन्धनमा बधिएको महिना दिन नपुग्दै पति वियोगमा परेकी अभिनेत्री श्वेता खड्काले पुन: विवाह गर्ने भएकी छिन। अभिनेत्री खड्काले यहि मंसिर २२ गते सोमबारका दिन धनगढीका विजयेन्द्रसिंह रावतसँग सर्त सहित विवाह गर्न लागेकी हुन् ।
अभिनेत्री खड्काले आफ्ना स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको तस्बिर बेडरुममा राख्ने सर्तलाई विजयेन्द्रसिंह रावतले स्वीकार गरेपछि बिवाह पक्का भएको हो । दुलाहाको तर्फबाट बाँडिएको कार्ड सार्वजनिक भएपछि यो जोडी बिवाह बन्धनमा बाधिने भएका हुन् । विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने स्वेता निकट स्रोतले बताएको छ ।