अब दर्शकसामु रवि लामिछानेको ‘ग्यालेक्सी फोरके’ टिभी च्यानल

| 2021 Feb 23 | 01:47 pm 317

काठमाडौँ फागुन ११: लामो समय न्युज २४ मा सिधाकुरा जनतासँग भन्ने कार्यक्रम चलाएका चर्चित प्रस्तोता रवि लामिछानेले उक्त्त
टेलिभिजनबाट बिधाई लिएपछि आज मंगलबार देखि उनि सहितको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’टेलिभिजन च्यानलको आज एक समारोहबीच लोगो सार्बजनिकगर्दै सुरु गरिएको हो।

टेलिभिजनको प्रबन्ध निर्देशकको जिम्मेवारीमा स्वयं लामिछाने रहेका छन। टेलिभिजन च्यानलको मंगलबार काठमाडौंको मेरिएट होटलमा एक बिशेष कार्यक्रमका बीच घोषणा गरिएको हो। टेलिभिजन च्यानलबाट जनताका आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रसारण गरिने बताइएको छ।

टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिको अध्यक्षमा जेबी राई छन् भने उपाध्यक्षमा नेपाल प्रहरीबाट अबकास प्राप्त प्रहरी नायब महानिरीक्षक छबिलाल बन्जाडे जोशी र निर्देशकमा शम्भु गुरागाईँ रहेका छन्। टिभीको क्रिएटिभ निर्देशकमा विवेक आचार्य रहेको कार्यक्रममा जानकारी दिइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.