अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न श्रेष्ठ पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 28 | 06:46 pm 48

काठमाडौं, साउन १३ः उपत्यकाका बिभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने एक जनालाई सीआइबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नपा वडा नं ५ ताहाननी स्थायी घर भई कामनपा वडा नं ७ बौद्व बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठ रहेका छन् ।

उनलाई गोप्य सूचनाका आधारमा खोजतलास तथा छापा मारी पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

कामनपा वडा नं २२, खिचापोखरी स्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाईटेड
टेक्नोलोजी प्रालि रहेको भवनमा अवैध रुपमा संचालन गरी रहेको अवस्थामा फेला पारी ८ पोर्टको कल बाईपास उपकरण सहित पक्राउ परेका हुन् ।

बरामद उपकरणहरुमा ८ पोर्टको Open Vox Gate Way  १ थान , ACADAPTER MODEL SAHO28F समेत लेखिएको चार्जर १ थान र NCELL SIM ८ थान रहेका छन् ।

No description available.

श्रेष्ठ उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान कार्य भईरहेको बताइएको छ ।

साथै, अवैध कल बाईपास बिरुद्धको ब्यूरोको कारवाहीका क्रममा हालसम्म १ सय १२ स्थानहरुबाट विभिन्न दुरसंचार कम्पनीका २३ हजार ९ सय ८१ थान सिम, उपकरणहरु सहित नेपाली नागरिक १ सय ३२ र विदेशी नागरिक ३८ गरी जम्मा १ सय ७० जनालाई पक्राउ गर्नुका साथै पक्राउ अभियुक्तहरु बिरुद्ध १२ खर्ब २० करोड ५२ लाख ५२ हजार ३ सय २७ रुपैयां ४७ पैसाको बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.