अपहरणकारीलाई गोली हानी बालकको सकुशल उद्धार, अपहरणकारी प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2019 Nov 06 | 08:28 am 44

पर्सा, कात्तिक २०: वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार गरेको छ ।

जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।

एक राउण्ड गोली हानेर अपहरणकारी पक्राउ गरेको पुष्टि पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरले गरे पनि अपहरणकारीको परिचय भने खुलाइएको छैन ।

बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने एसपी राठौरले बताए ।

काभ्रेबाट एक बालक अपहरण गरी अभिभावकसँग फिरौती लिँदै गर्दा पुगेको प्रहरी टोलीलाई पेस्तोल ताकेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको एसपी राठौरले बताए । साथै बालकको सकुशल उद्दार गरिएको उनको भनाइ छ ।

गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.