अपमान गरेको भन्दै मिश्रले जोशीलाई गोबर खुवाए

| 2020 Sep 11 | 09:55 am 71

डडेल्धुरा, भदाै २६ः जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ मा समान्य विवादको छलफल भइरहेका बेला बुबाको अपमान गरेको भन्दै नरेन्द्र मिश्रले स्थानीय नारायणदत्त जोशीलाई गोबर खुवाएका छन्।

बिहीबार वडाध्यक्ष तथा स्थानीय बुद्धिजीवीको छलफलमै शीर्ष माविका प्रधानाध्यापक रामदत्त मिश्रलाई बजारमै रामे भनेपछि भएको विवाद समाधान गर्न मिश्रले नारायण जोशीलाई गाली गरेपछि प्रअ रामसँग हातपात भएको र उनका छोरा नरेन्द्रले त्यही समयमा नारायणलाई गोबर कोच्याएको वडा नम्बर ४ का वडाध्यक्ष गोपालदत्त जोशीले बताए।

छलफल कुटपिटमा परिणत भएपछि प्रहरीलाई खबर गरी दुवै जनालाई प्रहरी कार्यालय जोगबुडाले नियन्त्रणमा लिएर पछि दुवै जनालाई स्थानीय कैलाशकुमार पाण्डेयको जिम्मा लगाएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.