अन्तिम खेलमा ओमानसँग नेपाल ६ विकेटले पराजित

| 2019 Oct 10 | 09:31 pm 66

काठमाडौं, २३ असोज :  पाँच राष्ट्र सहभागी टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको छ । नेपालले ओमानलाई दिएको ६५ रनको लक्ष्य ओमानले ११.५ ओभरमा चार विकेटको क्षतिमा पुरा गर्‍यो । ओमानका सुरज कुमारले ४२ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा सबै विकेट गुमाउँदै ६४ रनमात्रै बनाउन सक्यो । नेपालका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा नेपाल झिनो रनस्कोरमा समेटिएको हो । आरिफ शेखले २० रन बनाउनुबाहेक अरु कसैले राम्रो प्रर्दशन गर्न सकेनन् ।

कप्तान पारस खड्काले पाँच रन बनाउँदै उपकप्तान दिपेन्द्रसिहं ऐरी १०, करन केसीले आठ, सोमपाल कामी आठ,विनोद भण्डारी चार,इसान पाण्डेले दुई, सन्दीप लामिछानेले दुई र अविना बोहराले दुई रन बनाए । सन्दीप जोराले खाता नै खोल्न सकेनन् ।

नेपाली इनिङ कमजोर बनाउने क्रममा ओमानका अमिर खलिमले पाँच विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.