अनियमितता र भष्ट्रचारविरुद्ध इस्मा कांग्रेसको नारा जुलुस, विद्यालयमा तालावन्दी

रिपोर्ट नेपाल | 2020 Sep 15 | 07:33 pm 826

गुल्मी, भदौ ३०ः गुल्मीको इस्मा गाउँपालिकामा नेपाली कांग्रेसले नारा जुलुससहित खबरदारी गरेको छ । गाउँपालिकामा भएको अनियमितता तथा भष्ट्रचारविरुद्ध नेपाली कांग्रेस इस्मा गाउँपालिका आन्दोलित बनेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भगतसिंह खड्काले जानकारी दिए ।

No description available.

इस्मा गाउँपालिकाले इस्मामा रहेका सुन्तलादेवी निम्न माध्यमिक विद्यालय र वुल्म प्राथामिक विद्यालयमा आफैले बनाएको शिक्षा नियमावली ऐन विपरीत प्रद्यानाध्यापक तथा शिक्षक नियुक्त गरेको विषय लगायतका थुप्रै विषयमा कांग्रेसले आवाज उठाएको थियो । इस्मा कांगेसले सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा निमित्त प्रद्यानाध्यापक शिक्षा नियमावली ऐन विपरीत आफ्नो नातेदार राख्न लागेको भन्दै विद्यालयको प्रशासनिक कार्यालय तालावन्दी समेत गरेका छन् ।

कांग्रेसले इस्मा गाउँपालिकाको कार्यालय अगाडी नाराजुलुस गर्दै कोणसभामा लगेर कार्यक्रम गरेको थियो । गाउँपालिकाले आफैले बनाएको शिक्षा नियमावली ऐन विपरीत काम गरेको भन्दै कांग्रेसले नाराजुलुससँगै शिक्षा नियमावलीमा आगो लगाएर सांकेतिक विरोध समेत प्रर्दशन गरेका थिए ।

गाउँपालिकाले गरेको अनियमितता तथा भष्ट्रचारविरुद्धको विरोध कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति भगतसिंह खड्काले सिङ्गो गाउँपालिका भष्ट्रचारको चङ्गुलमा डुबेको आरोप लगाए ।

कागती खेतीको नाममा, कोरोना रोकथामको नाममा तथा जुनसुकै कार्यक्रममा पनि राजनितिक हिसाबमा अगाडी बढेर सधै भष्ट्रचार गर्न गाउँपालिका अग्रसर रहेको क्षेत्रिय सभापति खड्काको भनाई थियो । गएको असार १८ गते इस्माका विभिन्न ठाउँमा मानविय क्षति समेत हुने गरी गएको बाढीपहिरोमा समेत गाउँपालिकाले राजनिति गरेको भन्दै खड्काले आक्रोस व्यक्त गरेका थिए ।

No description available.

कोरोनाको डर र त्रासमा बाँचिरहेका बेला सबै जनप्रतिनिधि व्याक्तिगत स्वार्थमा लाग्नु दुःखद भएको उनले कार्यक्रममा बताएका थिए ।

नेपाली कांग्रेसका नेता चन्द्र बहादुर महतले गाउँपालिकाले अहिलेसम्म केन्द्र टुंग्याउन नसक्नु लज्जस्पद भएको बताएका थिए । आफुहरु निरन्तर आन्दोलित हुनुपरेको भन्दै महतले इस्मा गाउँपालिकाका जनप्रतिनिधि आफन्त र कार्यकर्ता भर्ती गराउन अग्रसर रहको आरोप लगाएका थिए ।

यस विषयमा इस्मा गाउँपालिका उपाध्यक्ष विमला केसीले कुनै माग सान्दर्भिक रहेको भन्दै गाउँपालिका भित्र कसैले अनियमितता तथा भष्ट्रचार गरे त्यस्तालाई कानुनी कारबाही गर्ने बताइन् । कुनै विषयहरु छलफलबाट पनि समाधानमा जान सकिने भएकोले छलफल र सहकार्यबाट अगाडी बढ्ने उपाध्यक्ष केसीको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस ईस्मा गाउँपालिका भित्रमा विभिन्न वडाका प्रतिनिधि, सभापति तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.