अधिकांश कम्पनीका पानी पिउनअयोग्य

रिपोर्ट नेपाल | 2019 Nov 29 | 08:59 am 50

काठमाडौं, मंसिर १३: ‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारका पानी पिउनयोग्य नभएको पाइएको छ ।

काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो । पर्याप्त प्रशोधनबिनै पानी बजारमा पठाइएको पाइएको छ ।

त्यस्तै, लामो समयदेखि मापदण्डविपरीतका जारमा पानी बिक्री गरेको पत्ता लागेको अनुगमनमा संलग्न निकायले बताएको छ । यस क्रममा अधिकांश कम्पनीले न्यूनतम मापदण्ड र पूर्वाधारबिनै पानी बिक्री वितरण गरिरहेको पाइएको हो ।

अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले यस्ता कम्पनीका सम्बन्धमा प्रशासनमा उजुरी परेको र अनुगमन भइरहेको बताए । ‘अनुगमनका क्रममा उपभोक्ता स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएको छ । राजधानी दैनिमकमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.