अदालतको सेटिङ भत्कियो निर्वाचन आयोगको पनि भत्किँदै छ : दाहाल

| 2021 Mar 01 | 06:33 pm 313

काठमाडौँ फागुन १७ :पूर्व प्रधानमन्त्री तथा नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको अदालतको सेटिङ भत्किएको र निर्वाचन आयोगको पनि भत्किने प्रक्रियामा रहेको आज पेशागत महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै दाहालले पार्टीको आधिकारिकता आफ्नो समूले पाउने दाबी गरेका छन् ।

सर्बोच्चले जस्तै निर्वाचन आयोगले पनि दल र कानुन अनुसार निर्णय गर्ने दाहालले जिकिर गरे । दाहालले भने अब सूर्य हामीले पाइसक्यौं’ घोषणा हुन मात्र बाँकी छ। अहिले पनि निर्वाचन आयोगसँग भएको पटक-पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा भन्छु सूर्य चिन्ह हामीले पाइ नै सक्यौं दाहालले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.