अज्ञात समुहद्वारा प्रमुख प्रशासकीय अधिकृतकाे गाडीमा बम विस्फोट

रिपोर्ट नेपाल | 2019 Sep 09 | 06:43 am 62

झापा, भदाै २३: जिल्लाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम विस्फोट भएको छ ।

उक्त घटना गए राति साढे १२ बजेतिर भएकाे हाे । गाडीलाई लक्षित गरी बम प्रहार हुँदा गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए। बम विस्फोटनबाट कुनै मानवीय क्षति भने भएको छैन ।

बिस्फोटको जिम्मा कसैले पनि नलिएका र अहिलेसम्म केही पत्त लागेकाे छैन । तर यस किसिमका घटनामा विगतमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराउने गरेकाले यसमा पनि सोही समूहको संलग्नता रहेको प्रहरीको अनुमान रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.