अज्ञात समुहद्वारा पिकअप भ्यानमा आगजनी

रिपोर्ट नेपाल | 2021 Jan 11 | 12:09 pm 113

सप्तरी, पुस २७ः जिल्लाको विष्णुपुर गाउँपालिका–६ गोरगमा साेमबार बिहान अज्ञात समुहद्वारा  एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको  अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए। उक्त आगलागीबाट झण्डै २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ  ।  घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.