अज्ञात समुहद्वारा उदयपुरको ताप्ली गाउँपालिकाकाे भवनमा बम विस्फोट

| 2020 Nov 22 | 12:26 pm 264

उदयपुर, मंसिर ७ः गएराति उदयपुरकाे ताप्ली गाउँपालिकाकाे कार्यालय भवनमा अज्ञात समूहले बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा विस्फोट गराएको छ भने अर्को विस्फाेट नभएकाे बम गाउँपालिकाको गेटमा भेटीएको छ ।

विस्फोटबाट गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । विस्फोटले  नागरिक सहायता कार्यकक्षको ढोका, झ्याल, टेबल कम्प्युटर, दराज, प्रिन्टर, लगायतका सामानमा क्षति भएको एसपी दाहालले जानकारी दिए।अहिले गाउँपालिकाको कार्यलय प्रहरीले सील गरेर नियन्त्रणमा लिएको बताइएकाे छ ।

विस्फोट हुन बाँकी रहेको बम डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरी नेपाली सेना ताप्ली हिडीसकेको एसपी दाहालले जानकारी दिए । बम विस्फोटको कसैले जिम्मा नलिएको घटना स्थलमा कुनै प्रचाहरु समेत नभेटीएकोले कस्ले बम बिस्पोट गराएको हो अहिले अज्ञात नै रहेको एसपी दाहालले जानकारी बताए।

घटना बारे अनुसन्धान अघि बढीसकेको प्रहरी जनाएको छ। गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा पालिका केन्द्र महेन्द्र रत्न माध्यमिक विद्यालयको भवनमा भाडामा संचालनमा रहेको पालिकाको भवनमा बम बिस्पोट भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.