काठमाडौँ चैत १९ : काठमाडौँको माइतीघरमा अपराह्न ४ बजे अछाम फैसला मान्दैनौं महिलामाथिको शोषण बन्द गर भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित अछाम बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।
उक्त्त विरोध प्रदर्शनमा अधिकारकर्मी तथा लेखक लगायतका अभियन्ता सहभागी थिए । अछामकि १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै न्याय माग्न अदालतमा जाँदा स्यवं किशोरीलाई नै दोषी ठहर गरी साढे तीन वर्ष जेल पठाउन अछाम जिल्ला अदालतले आदेश दिएको थियो । निष्क्रिय भइसकेको कानुनलाई आधार मानी फैसला गरेका न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ।