अछाममा छाउगोठ बसेकी एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 02 | 11:42 am 86

अछाम, मंसिर १६: सोमबार अछाममा छाउगोठ बसेकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीया पार्वती रावत रहेका छन् ।

आइतबार साँझ खानाखाएर सुतेकी रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ। घर नजिकैको छाउगोठमा उनको मृत्यु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए ।

घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए।

उनी महिनावारी भएको ४ दिन भएको थियो। मृतकका श्रीमान करन रावत ६ देखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए। अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.