अगुल्टोले हान्दा छिमेकीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Feb 12 | 07:30 am 84

धनकुटा, माघ २९: जिल्लाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् ।

छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ , बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् । प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राले निर्मलालाई चारित्रिक आरोप लगाएपछि उनले पवित्रामाथि अगुल्टो प्रहार गरेको देखिएको धनकुटाका प्रहरी प्रवक्ता डिएस्पी धुर्वकुमार श्रेष्ठले जानकारी दिए ।

अगुल्टो प्रहारबाट गंभीर घाइते भएकी पवित्रालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याईएको थियो । उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको बताइएको हो ।राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.