अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 04 | 12:56 pm 174

काठमाडौं, साउन २०ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार अख्तियारका १ सय ८२ कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियारका कर्मचारीका नमुना संकलन गरेको थियो ।

१५ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार कार्यालयमा विशेष स्वास्थ्य सतर्कता अपनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.