अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर

| 2019 Mar 26 | 06:13 pm 50

काठमाडौं, चैत्र १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ।

लामो अनुसन्धानपछि आयोगको मंगलबार बसेकाे बैठकले पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गर्ने निर्णय गरेकाे हाे ।  मुद्दा दायर गर्ने निर्णय गरेसँगै मंगलबार नै मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए।

घुस दिएको सार्वजनिक भएसँगै पाठकले आयुक्त पदबाट राजिनामा दिएका थिए । पाठकले राजिनामा दिएसँगै उनी विरुद्ध अख्तियारले छानबिन सुरु गरेको थियो ।

उक्त मुद्दामा घुस दिएको आरोपमा नेपाल इन्जिनिरयरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपानेलाई पनि विपक्षी बनाइएको छ। तर अख्तियारले घुस डिल गरेका पूर्वाञ्चल विश्वविद्यालयका विज्ञान संकायका डीन एवं राजनारायणका भाइ शुभनारायणबारे भने कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.