काठमाडौं, बैशाख ८ः ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेका छन् । घाइते मध्ये एक जना अवस्था गम्भिर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचारका लागि लगिएकाे एसपी शाहले जानकारी दिए । दुई दर्जन बढी कामदार भएपनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटना हुन नसकेको र विष्फोटनले उद्योगमा क्षति पुगेको उनले जानकारी दिए ।