अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई नेपालकाे सुझाव

रिपोर्ट नेपाल | 2019 May 15 | 06:52 pm 61

काठमाडौं,  जेठ १ : सत्तारुढ दलका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उनले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै सरकारलाई सुध्रिन सुझाव दिए ।

उनले कम्युनिस्ट आन्दोलनलाई बचाई लोकप्रीय बनाउने तर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरे । बहुमतको अंहकारमा नपर्न सरकारलाई सचेत गराए । ‘हाम्रो काम र व्यवहारले जनताको मन जित्ने हो,’ उनले भने, ‘हामी बोल्ने बढी सुन्ने कम गर्दैछौं । जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.