चितुवाको दुईवाटा छालासहित तीन पक्राउ

| 2018 Aug 02 | 02:52 pm 192

पोखरा, साउन १७ : चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री गर्ने तीन जनालार्इ प्रहरी पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई  चितुवाको दुईवाटा छालासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ तमानखोला गाउँपालिका वडा नं. ६ बस्ने २५ वर्षीय झलक छन्त्याल, २३ वर्षीय देवेन्द्र रसाईली र २३ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको महाराजगंज प्रहरीले जनाएको छ । चितुवाको छाला खरिद बिक्री गर्न भनी साथमा राखेको अवस्थामा उनीहरूलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. ७ अन्नपूर्ण टोलबाट  पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय पोखरामा बुझाइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.